२०८१ पुष २९ गते | 13th of January 2025

नेइमारको आलोचना

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २४ गते २:४६

साउन २४ – बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमुले नेइमारको आलोचना गरेका छन् । बार्टोमुले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन  जाने क्रममा देखाएको व्यवहारप्रति नेइमारको आलोचना गरेका हुन् । नेइमारले बार्सिलोना छोड्ने तयारी हुँदाहुँदै पनि सन् २०१६ मा क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेको हुन सक्ने अध्यक्ष बार्टोमुको भनाई छ ।

२५ वर्षका ब्राजिलियन फरवार्ड नेइमार गएको हप्ता २० करोड पाउण्डमा पिएसजी गएका हुन् । अध्यक्ष बार्टोमुले भने ‘उनले जसरी क्लब छोडे त्यो राम्रो थिएन, बार्सिलोनाको खेलाडीको व्यवहार भित्र यो पर्दैन ।’ गएको वर्षका अक्टोबरमा पाँच वर्षको नयाँ सम्झौता गर्ने बेलामा नै नेइमारले क्लब छोड्न सक्ने सम्भावना रहेकाले उनको बाइआउट क्लब धेरै राखेको बार्टोमुले बताए ।

क्लबको स्थिरताका लागि यस्तो निर्णय गरिएको भएपनि नेइमारले छोडेको उनको भनाई छ । नेइमारले महिनौंसम्म चलेका विभिन्न हल्लाहरुमा केही प्रतिक्रिया दिएका थिएनन् । तर उनी अन्ततः पिएसजी गए । नेइमार क्लबमा रहने विषयमा शंका लागेका बेलमा पनि उनी क्लबका लागि जस्तो अवस्थामा पनि राम्रो रहन सक्ने भएकाले आफूहरु शान्त बसेको बार्टोमुको भनाई छ ।  एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *