२०८१ साउन ११ गते | 26th of July 2024

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटकमा गर्नुपर्छ : अध्यक्ष थापा

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २६ गते १२:०२

काठमाडौँ, २६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटकमा हुनुपर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले माघ ७ गतेभित्र दुवै निर्वाचन गर्नुपर्ने बाध्यता भएकाले एकै चरणमा गर्नुपर्ने बताएका हुन । “पुस माघमा मौसमका कारण निर्वाचन सम्भव छैन त्यसैले मंसिरमा दुवै तहको निर्वाचन गर्नु उपयुक्त हुन्छ”, अध्यक्ष थापाले भने ।

उनले मधेसी दलको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै सरकारले राप्रपालाई मन्त्री दिने आश्वासन देखाएर पार्टी विभाजन गरेको आरोप लगाए । “संविधान संशोधन विधेयक संसद्मा पास हुने अवस्था भए पनि सरकारले यसमा पहल गरेन”, उनले भने ।

अध्यक्ष थापाले पशुपतिशम्शेर राणाले नक्कली हस्ताक्षरको प्रयोग गरेर पार्टी विभाजन गरेको आरोप लगाए । राप्रपाको विधानमा १६५ केन्द्रीय सदस्य रहने प्रावधान रहेको र पार्टी विभाजनका लागि ६७ केन्द्रीय सदस्य चाहिनेमा केही केन्द्रीय सदस्यको नक्कली हस्ताक्षर गरेर ६४ जना पु¥याएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *