काठमाडौं २७ साउन । नयाँ शक्ति पार्टी नेपालले पार्टीको औचित्यमाथि प्रश्न उठाउने देवेन्द्र पौडेलसहितका १५ नेतासँग स्पष्टिकरण मागेको छ। नयाँ शक्ति नेपालले देवेन्द्र पौडेलसहितका नेताहरुले लगाएको आरोप भ्रामक रहेको दाबी गरेको छ। उहाँहरुले भरखरै सम्पन्न पार्टीको संघीय परिषद बैठकमा कुनै फरक धारणा दर्ज गराएका थिएनन। बरु पार्टी संयोजकका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनप्रति पूर्ण सहमति जनाउनुभएको कुरा बैठकमा उपस्थित सबै सहभागीहरुलाई विदितै भएको विषय हो,ु संयोजक बाबुराम भट्टराईको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, संघीय परिषद बैठकको भावना र निर्णयको प्रकाशमा प्रतिवेदनलाई परिमार्जन गर्ने, पार्टी कार्यनीति र कार्यदिशालाई अझ प्रष्ट गर्ने, पार्टीको संगठनात्मक पुनर्गठन गर्ने आन्तरिक गृहकार्य भइरहेका बेला किन र कुन उद्देश्यले त्यस्तो पत्रकार सम्मेलन गर्नु परेको होरु पार्टीभित्रै आफ्ना कुरा भन्ने पूर्ण लोकतान्त्रिक अधिकार हुँदाहुँदै किन त्यस्तो गर्नु पर्योरु गम्भीर प्रश्न उठेको छ।ु विज्ञप्तीमा १५ नेताको राजनीतिक उद्देश्य र नियतप्रति पार्टीलाई गम्भीर आशंका उत्पन्न भएको उल्लेख छ। घुमाउरो शैलीमा पौडेलसहितका नेतामाथि राजनीतिक अवसर लिन माहिर खेलाडीको आरोप लगाइएको छ। ुपार्टी र उहाँहरुको बुझाइबीच कुनै जोडकोणको भिन्नता रहेछ भने छलफल गर्न सकिन् । अन्यथा पार्टीको वैकल्पिक राजनीतिक चरित्र र पार्टीहित विपरित हुने कुनै क्यारियरिष्ट तथा अवसरवादी सोंचलाई पार्टीले सहन गर्न सक्ने छैन, विज्ञप्तिमा भनिएको छ।