२०८१ साउन १२ गते | 27th of July 2024

संसदमा खतिवडाको आक्रोस: ‘बाढीपीडितको नाममा राजनीति नगरौ’

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३१ गते १८:०४

 

काठमाडौं ३१ साउन । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले तराइमा भएको डुवानको विषयलाई लिएर राजनीति गर्न खोजेको आरोप लाएका छन । खतिवडाले तराइमा भएको डुवान कुनै सबैको साझा समस्याको भएको र सबैले एक भएर जानु पर्ने ठाउमा एक अर्कालाई आरोपप्रत्यारोप लागाउने बेला नभएको बताएका छन ।
बाढी पहिरो कुनै एकपार्टीको समस्या नभइ राष्टिय समस्या भएको भन्दै कांग्रस एमाले माओवादी सबै मिलेर हस्ताक्षर गरेर प्रस्ताव पेश गरेको भए सदनको ध्यानकर्षण हुनुका साथै आपतकालीन अवस्थामा सबै पार्टी जनताका लागि मिलेर गए भन्ने राम्रो सन्देश जाने थियो खतिवडाले बताए । बाढीपीडितलाई उद्धार र राहत जति सक्दो छिटो गर्नु अवस्था हो तर राजनीतिक जस लिन्छु भन्ने उद्देश्य हो भने यो गलत हुनेछ उनले भने ।
खतिवडाले संसदमा प्रतिपक्ष दलका संसदले पेश प्रस्तुत गरेकोमा कोसी बाँधको चावी भारतमा भएको भन्दै राष्टिबादी प्रधानमन्त्री हुदा पटकपटक भारत भ्रमणमा जाँदा किन एकपटक पनि त्यस विषयमा कुरा भएन अहिले आपतकालीन अवस्थामा आरोप र प्रत्यारोप लगाउनेबेला होइन खतिवडाले संसदलाई ध्यानकर्षण गराए ।
यसरी खतिवडाले संसदको ध्यानकर्षण गराइरहदा सांसद एबं पुर्व गृहमन्त्री भिम रावल हेरेको हेर्यै भएका थिए । खतिवडाले आफु सत्तामा छदा कोशी ब्यारेजको कुरा नगर्ने अहिले सबै समस्या देख्ने भन्दै आक्रोस ब्यक्त गरेका थिए । साथै वाढि पिडितका नाममा राजनीति नगर्न समेत उनले चेतावनी दिएकाछन् ।

मुलुक र जनताको समस्या कांग्रेस, एमाले र माओवादी केन्द्रको मात्र होइन सबै मिलेर समाधान गरौं उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *