काठमाडौं ३२ व्यवस्थापिका संसदको बैठकमा संविधान संशोधन विधेयकमाथि छलफल सुरु भएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले ुनेपालको संविधान दोस्रो संशोधन विधेयक,२०७३ माथिको दफाबार छलफल सदनमा गरियोस्ु भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएपछि संविधान संशोधनबारे छलफल भएको हो।
छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् रेवतीरमन भण्डारीले विधेयक फिर्ताको माग गरे। समय अभावका कारण बुधबार यसबारे थप छलफल हुन सकेन। यस विषयमा भदौ ४ गते बस्ने व्यवस्थापिका संसदको बैठकमा थप छलफल हुनेछ।