२०८१ साउन ११ गते | 26th of July 2024

मन्त्री कोइरालाको निर्देशन ‘उद्दार र राहतमा प्रभावकारी बनाउनुहोस’

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३२ गते १५:५०

काठमाडौँ ३२ साउन । अबिरल बर्षा पछि आएको बाढी र पहिरो पीडितहरुलाई उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले निर्देशन दिएकी छन । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री कोइरालाले यस्ता उद्धार र राहतका कार्य एकद्वार प्रणालीबाट गरिने बताउँदै कसैले राहत र उद्धारका कार्य गर्न चाहेमा केन्द्रमा गृहमन्त्रालय र स्थानीय तहमा जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत् मात्र गराउन निर्देशन दिएकी हुन्।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र राष्ट्रिय गैरसरकारी संस्थाले गरेका उद्धार र राहतको विवरण समाजकल्याण परिषदमार्फत् मन्त्रालयमा उपलब्ध गराउनसमेत मन्त्री कोइरालाले निर्देशन दिएकी छन्। मन्त्री कोइरालाले उद्धार र राहत कार्यमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले गरेका कामको विवरण मन्त्रालयको वेबसाइटमा राख्न पनि निर्देशन दिएकी मन्त्रालयका प्रवक्ता तोयम रायाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *