२०८१ साउन ११ गते | 26th of July 2024

विप्लवका कार्यकर्ताले आफ्नै नेता कुटे

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३२ गते १६:००

काठमाडौं, ३२ साउन । पार्टीभित्र कारबाहीमा परेका विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका दुइ नेता आफनै कार्यकर्ताको निशानामा परेका छन । पार्टी हितविपरीत काम गरेको भन्दै कारबाहीमा परेका केन्द्रीय सदस्य एवं भेरी अञ्चल प्रमुख जीवन खड्का र अर्का केन्द्रीय सदस्य रामबहादुर विकले नयाँ पार्टी गठन गर्ने तयारी गरेपछि कुटाइ खानुपरेको छ ।

 

बुधबार बेलुका सोह्रखुट्टेमा दुवै जनालाई विप्लव पक्षका कार्यकर्ताले कुटपिट गरेका हुन् । दुवै जनालाई सीतापाइलामा रहेको मनमोहन अस्पतालमा भर्ना गरिएको छ ।
केही दिनअघि खड्कालाई पार्टीको साधरण सदस्य मात्र रहने गरी र विकलाई पार्टीबाट निष्कासन गरिएको एक नेताले जानकारी दिए ।
बुधबार नै लमजुङमा भने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट असन्तुष्ट केही नेता मिलेर नयाँ पार्टी गठन गरेका छन् । उनीहरुले ‘फ्रिडम कम्युनिष्ट लिग नेपाल’ नामक पार्टी गठन गरेको घोषणा गरेका हुन् ।
बुधबार बेँसीशहरमा पत्रकार सम्मेलन गरी उनीहरुले पार्टीबारे जानकारी गराएका छन् । नयाँ पार्टी गठन भएसँगै तत्कालिन नेकपाका जिल्ला नेताहरु भोजराज त्रिपाठी ९सहज० र सुजन अधिकारी लगायत १९ जनाको केन्द्रिय कमिटि बनेको छ । पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार केन्द्रीय कमिटिमा लमजुङ लगायत अन्य १२ जिल्लाका प्रतिनिधिको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *