२०८१ साउन १२ गते | 27th of July 2024

बाढीपीडित क्षेत्रमा मृतकलाई पाँच लाख

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ३ गते १७:०८

 

राजविराज, ३ भदौ । राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले बाढी पहिरोमा परी मृत्यु भएका प्रतिव्यक्तिलाई जनही रु पाँच लाख सरकारले दिनुपर्ने माग गरेका छन ।

बाढीपीडितको अवस्थाबारे जानकारी लिन र स्थलगत निरीक्षण गर्न आज सप्तरीको राजविराजमा आउनुभएका अध्यक्ष महतोले पत्रकारहरुसँग कुराकानी गर्दै सरकारले बाढी पहिरोमा परी मृत्यु भएका प्रतिव्यक्तिलाई जनही रु दुई लाख दिने घोषणा गरेको रकम अत्यन्त कम भएको बताए ।

सरकारले भूकम्पपीडितलाई आवासलगायतका अन्य सुविधा दिए जस्तै मधेशका बाढीपीडित जनतालाई पनि सुरक्षित बसोबासका साथै भवन निर्माणमा सहयोग गर्न उहाँले माग गरे ।

अध्यक्ष महतोले बाढी पहिरोमा परेकाहरुको अवस्था अत्यन्त नाजुक रहेकाले अविलम्ब खाद्यान्न, लत्ताकपडा, त्रिपाल र औषधि उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरे ।

अध्यक्ष महतोले सप्तरीमा बाढीबाट प्रभावित मलेठ, राजविराज ५, १२, २ वडा र देउरी भरुवा, रम्पुरा मलहनीया, सकरपुरा, इनरुवालगायतका बाढीपीडित क्षेत्रको स्थलगत निरीक्षण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *