२०८२ पुष २९ गते | 13th of January 2026

कांग्रेस केन्द्रीय सदस्यमा ४ जना मनोनित, को-को भए मनोनित ?

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ७ गते १८:४४

 

काठमाडौं ७ भदौ । भारत भ्रमणमा जानुअधि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४ जना केन्द्रीय सदस्य पार्टीमा मनोनित गरेका छन्। देउवाले मोरङका अमृत अर्याल, काठमाडौंका ध्यानगोविन्द रन्जित, पाल्पाका हरिप्रसाद नेपाल र बाराका राधेचन्द्र यादव केन्द्रीय सदस्यमा नियुक्त भएका हुन । उनीहरु चारैजना प्रत्यक्ष निर्वाचित सांसद् हुन्।

सभापति देउवाले आफु भारत भ्रमण जानुअधि विमलेन्द्र निधिलाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएका छन्। पूर्व महामन्त्रीको हैसियतमा देउवाले निधिलाई पार्टीको कार्यवहाक सभापतिको जिम्मेवारी तोकेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसमा अब मनोनित सदस्यको संख्या १६ पुगेको छ। महाधिवेशनपछि सभापति देउवाले यसअघि १२ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिसकेका छन्। कांग्रेसमा जम्मा २१ जना केन्द्रीय सदस्य मनोनित हुने प्रावधान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *