२०८१ साउन १२ गते | 27th of July 2024

प्रधानमन्त्री देउवासँग भारतीय अर्थमन्त्रीको भेट

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ८ गते १६:३१

नयाँदिल्ली, ८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज साँझ भारतीय अर्थमन्त्री अरुण जेट्लीले शिष्टाचार भेट गरेका छन् ।

भारतको पाँचदिने राजकीय भ्रमणका क्रममा बुधबार नयाँदिल्ली आइपुग्नुभएका प्रधानमन्त्री देउवासँग भएको भेटका क्रममा उनिहरुबीच नेपालमा लगानी प्रवद्र्धन, आर्थिक विकास तथा द्विपक्षीय साझा आर्थिक मुद्दाका विभिन्न विषयमा विचारविमर्श भएको थियो ।

भेटमा ऊर्जा, व्यापार, पर्यटनलगायतका विषयमा के कसरी सहकार्यका साथ अगाडि बढ्न सकिन्छ भन्ने बारेमा संक्षिप्त छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए  । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *