२०८१ साउन ११ गते | 26th of July 2024

प्रधानमन्त्री शेरबहादुर देउवा हैदरावादमा

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ९ गते १७:५२

 

 

भारत ९ भदौ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार दिउँसो हैदरावाद पुगेका छन ।

भ्रमणको तेस्रो दिन आज उहाँ नयाँ दिल्लीबाट विशेष चार्टर विमानमार्फत हैदरावाद पुगेका हुन । । प्रधानमन्त्री देउवा राजिव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा तेलंगना राज्यका उपमुख्य मन्त्री र यस राज्यका प्रमुख सचिवले उनलाई स्वागत गरेका थिए ।

प्रधानमन्त्री देउवाको नेतृत्वको प्रतिनिधिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जितेन्द्र नारायण देव, सांसद र उच्च पदस्थ अधिकारी सहभागी छन ।

आज बिहान नयाँ दिल्लीबाट प्रस्थान गर्नुअघि प्रधानमन्त्रीसँग भारतका विभिन्न राजनीतिक दलका नेताहरुले शिष्टाचार भेट गरेका थिए । प्रधानमन्त्री बस्नुभएको भारतीय राष्ट्रपति भवनमा ती भेटवार्ताहरु भएका थिए ।

आज हैदरावाद आइपुगेपछि प्रधानमन्त्री देउवाले हैदरावादमा रहेको एक सूचना प्रविधि एवं कम्प्युटर सफ्टवेयर निर्माण कम्पनी इन्फोसिस्को निरीक्षण गरेका थिए । आज दिउँसो हैदरावाद आएलगत्तै देउवाले तेलङगाना राज्यमा सूचना तथा प्रविधिको क्षेत्रमा गरेका उपलब्धि र त्यसमा इन्फोसिसको अन्वेषणका बारेमा जानकारी लिएका छन ।

उनले इन्फोसिस क्याम्पसको पनि भ्रमण गर्नुभएको थियो । सो कार्यक्रममा प्रधानमन्त्री देउवालाई सो राज्यले सूचना तथा प्रविधिलाई सरकारी सेवा प्रदान गर्ने काममा के कसरी राज्यका हरेक निकायहरुमा प्रयोग गरिएको छ भन्ने बारेमा जानकारी गराएका थिए ।

कृषि, स्वास्थ्य, यातायात, ऊर्जालगायत क्षेत्रमा सूचना प्रविधिको कसरी प्रयोग भइरहेको छ भनी उनीहरुले जानकारी गराएका थिए । साथै उनीहरुले यहाँ प्रयोग भएका सूचना र प्रविधिलाई नेपालमा पनि पाइलट परियोजनाको रुपमा कार्यान्वयन गर्नका लागि जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *