२०८१ साउन १२ गते | 27th of July 2024

नयाँ नेतृत्वका लागि क्रान्तिकारीमा मनोनयन

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १२ गते १४:५२

काठमाडौँ, १२ भदौ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) को नयाँ नेतृत्वका लागि आज उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारीको मनोनयन दर्ता गरिएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए । नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा, रञ्जित तामाङ र मदन अर्यालले उम्मेदवार दर्ता गराएका छन । मनोनयन दर्तासँगै क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिँदै छ ।

मल्लका अनुसार ३३ पदाधिकारीसहित २४३ पदका लागि करिब ३०० ले उम्मेदवारी दर्ता गराउनुभएको छ । नयाँ नेतृत्वका लागि मंगलबार निर्वाचन हुनेछ । क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलन बुधबारदेखि चले पनि सहमतिमा नेतृत्व चयन हुन नसक्दा लम्बिएको हो ।
आइतबार सकाउने भनिएको सम्मेलन सहमति गर्दा लम्बिएको अध्यक्ष नरेन्द्र न्यौपानेले बताउनुभयो । उहाँका अनुसार सम्मेलन लम्बिँदा आज रु १० लाख थप खर्च भएको छ । सम्मेलनमा दुई हजार १५ प्रतिनिधि सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *