२०८१ साउन १२ गते | 27th of July 2024

आन्तरिक मामिला विदेशमा बोल्नु हुँदैनःपन्त

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १३ गते १५:२६

 

भक्तपुर, १३ भदौ । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य रघुजी पन्तले देशको आन्तरिक मामिला र देशको संसद्को अधिकारका विषयमा भारतमा गएर प्रधानमन्त्रीले बोल्न नहुने बताए ।

प्रगतिशील तथा पेशाागत कानुन व्यवसायी संगठन भक्तपुरले आज आयोजना गरेको सम्मान कार्यक्रममा उनले प्रधानमन्त्रीको भ्रमण देशको उपलब्धिका लागि मात्रै हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा एमालेका वैकल्पिक केन्द्रीय सदस्य सोम मिश्र, संगठनका केन्द्रीय अध्यक्ष रुद्र नेपाल, पूर्वअध्यक्ष केदार अधिकारीलगायतले एमाले अब फेरि अब देशकै ठूलो पार्टीका रुपमा स्थापित हुन कसैले रोक्न नसक्ने बताए । सो अवसरमा वरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *