२०८१ साउन १२ गते | 27th of July 2024

युवा संघको महाधिवेशन फेरि नगर्ने षड्यन्त्र

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १६ गते १४:४५

काठमाडौ १६ भदौ । नेकपा (एमाले) निकट युवा संघ नेपालको केन्द्रीय समितिको बैठक स्थगन भएको छ ।

आजदेखि शुरु हुने भनिएको बैठक प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको संघका अध्यक्ष राजीव पहारीले जानकारी दिए । आजदेखि दुई दिनसम्म नवौं महाधिवेशनको तयारीका लागि संघले केन्द्रीय कमिटी बैठकको आयोजना गरेको थियो । बैठकले विधान संशोधन, महाधिवेशन आयोजक समिति बनाउनेजस्ता महत्वपूर्ण निर्णय गर्ने बताइएको थियो ।

महाधिवेशन आगामी असोज २२ देखि २४ सम्मका लागि तय गरिएको छ । हरेक तीन÷तीन वर्षमा हुने संघको महाधिवेशन २०६९ फागुनमा भएको आठौँ महाविधेशनपछि हुन सकेको छैन ।

विसं २०७१ मा निर्वाचित अध्यक्ष महेश बस्नेत उद्योगमन्त्री भएपछि संघको महाधिवेशन नभई केन्द्रीय बैठकबाट नै अध्यक्षसहित पदाधिकारी चयन हुँदै आएको छ । केन्द्रीय कमिटीले नीरु पाल र राजीव पहारीलाई अध्यक्ष बनाएको थियो । बैठकका लागि सबै केन्द्रीय सदस्य राजधानीमा आइसकेका थिए । बैठक स्थगन भएपछि उनीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । केन्द्रीय सचिवालय सदस्य दीपक जिएमले एक्कासि बैठक स्थगन गरेर महाधिवेशन फेरि नगर्ने षड्यन्त्र भएको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *