२०८२ फागुन १ गते | 13th of February 2026

नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय खारेज गर्न बैद्य निकट विद्यार्थीको माग

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १६ गते १६:३२

काठमाडौ १६ भदौं । नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको निर्णय खारेज गर्न वैद्य निकट अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठनले माग गरेको छ। क्रान्तिकारी आयोजना गरेको ‘नेशनल मेडिकल कलेज सम्बन्धन विवाद र समाधान विषयक’ अन्तरक्रियाका सहभागीहरुले जथाभावी अनुमति दिने सरकारको निर्णयपछि स्वास्थ्य क्षेत्रमा कालो दिन सुरु भएको बताए।

क्रान्तिकारीका अध्यक्ष सेवन्तराज भण्डारीले स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएको अन्योल अन्त्य हुनुपर्ने बताए। उनले आफूहरुले विभिन्न विद्यार्थी संघसंस्थासँग सहकार्य गरेर डाक्टर गोविन्द केसीमो माग पूरा आग्रह गर्दा सरकारले बेवास्ता गरेको बताए। स्वास्थ्य शिक्षा क्षेत्रमा अहिलेकै विकृति बढ्न दिने हो भने यसले विकराल रुप लिने भन्दै उनले बेलैमा नियमन गर्न सरकारको ध्यानाकर्षण गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *