काठमाडौं १८ भदौ । शनिबार राती भएको विश्वकप छनौट खेलमा अष्ट्रियालाई १–० गोल अन्तरले हराउदै वेल्स विजयी भएको छ । खेलको ७४ औं मिनेटमा १७ वर्षे बेन बुडवर्नले हानेको एक गोलले वेल्स विजयी भएको थियो ।
अष्ट्रियालाई हराएसँगै समूह डिमा रहेको वेल्स ११ अंकका साथ तेस्रो स्थानमा छ । यसै समूहमा रहेको सर्विया मोलदोभालाई हराउँदै ३–० ले हराउँदै १५ अंकका साथ पहिलो स्थानमा छ । रिपब्लिक अफ आयरल्याण्ड १३ अंकसहित दोस्रो स्थानमा छ ।