२०८३ वैशाख १८ गते | 1st of May 2026

विप्लप नेतृत्व नेकपा जिल्ला सचिवालय सदस्य रामलाल पक्राउ, नेकपाद्धारा भत्सना

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २६ गते ६:४७

बारा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बाराका जिल्ला सचिवालय सदस्य रामलाल दोङ ‘विपी’लाई प्रहरीले पक्राउ गरेको छ।
निजगढ बजारबाट किनमेल गरेर मोटरसाइकलमा श्रीमतीसहित फर्किँदै गरेको अवस्थामा दोङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरी नायव उपरीक्षक भवनेश्वर साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
नेकपा बाराले भने यो घटनाको भत्र्सना गरेको छ। जिल्ला इञ्चार्ज सञ्जिवनी शर्मा र सेक्रेटरी चन्द्रप्रकार घिमिरेले एक विज्ञप्ति प्रकाशित गर्दै दोङलाई तत्काल रिहा गर्न माग गरेका छन्।

निजगढ र टांगिया बस्तीमा गत शुक्रबार बम विस्फोट भएपछि प्रहरीले विप्लपका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *