२०८२ कार्तिक १७ गते | 2nd of November 2025

नेपालद्धारा थाइल्याण्डलाई २५५ रनले पराजित

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २६ गते ७:०३

काठमाडौं . एसीसी यू(१९ पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्डविरुद्ध शानदार जित दर्ता गरेको छ। मलेसियामा सोमबार सम्पन्न खेलमा नेपाल २५५ रनको फराकिलो अन्तरले विजयी भयो।

२८२ रनको विजयी लक्ष्य पछ्याएको थाइल्याण्डलाई २६ रनमा समेट्ने क्रममा सन्दीप लामिछानेले ७ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, किशोर महतो र नन्दन यादवले एकरएक विकेट बाँडे। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन जोडेको थियो। नेपालको पारीमा अनिल साहले सर्वाधिक ९१ तथा प्रनित थापाले ५० रनको अर्धशतकीय पारी खेले।

यस्तै सन्दीप सुनारले ३२, रोहित पौडेलले २८, पवन सर्राफ र दीपेन्द्रसिंह ऐरीले समान २२, आशिफ शेखले २१ तथा किशोर महतोले अविजित २ रन जोडे। आठ टिम सहभागी प्रतियोगितामा नेपाल समूह एमा छ। नेपाल रहेको समूहमा थाइल्याण्डका अलावा भुटान र सिंगापुर छन्। समूह बीमा मलेसिया, चीन, हङकङ र म्यानमार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *