२०८१ साउन १२ गते | 27th of July 2024

व्यक्तिभन्दा पार्टीलाई ध्यान दिन आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २९ गते १५:५७

भीमदत्तनगर, २९ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले मुलुकमा भएका ऐतिहासिक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको र आर्थिक विकासको नेतृत्व पनि काँग्रेसले नै गर्ने बताए ।

कञ्चनपुरको भीमदत्तनगरपालिका दार्चुला–कञ्चनपुर सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा नेता बडूले मधेशी दल काँग्रेसकै कारण स्थानीय निर्वाचनमा सहभागी भएको जिकिर गरे । एक प्रसङ्गमा उनले काँग्रेस अन्तरघातका कारण धेरै तहमा स्थानीय निर्वाचनमा पराजित भएको बताउँदै आगामी निर्वाचनमा व्यक्तिभन्दा पनि पार्टीलाई ध्यानमा राखेर कार्यकर्ताले मतदान गर्नुपर्ने निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *