२०८१ साउन १२ गते | 27th of July 2024

शरणार्थीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र, के छ ज्ञापनपत्रमा ?

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ३० गते १६:४०

काठमाडौं ३० भर्दौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भुटानी शरणार्थीले ज्ञापनपत्र बुझाएका छन । शरणार्थी समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन ।
अमेरिकाको राजधानी न्यूयोर्कमा हुने ७२औँ महासभामा नेपाल रहेका स्वदेश फर्कन चाहने शरणार्थीको मुद्धा संघ समक्ष राखेर दीर्घकालीन समाधानका लागि ज्ञापनपत्र बुझाइएको हो। भुटानी शरणार्थी जेष्ठ नागरिक स्वदेश फिर्ती समितिका प्रवक्ता तथा सहसंयोजक सन्तवीर घलेले हस्ताक्षर गरेको पत्र शुक्रबार ईमेल र हवाई कुरियर मार्फत् पठाइएको हो।
प्रवक्ता घलेका अनुसार लामो समयदेखि स्वदेश फर्कन चाहने शरणार्थीहरूको मुद्धा ओझेलमा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *