महोत्तरी, ३ असोज । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १४ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।
निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार बर्दिबास वडा नम्बर १४ मा नेपाली कांग्रेसका भरत हमालले ७०३ मत ल्याएर विजयी भएका हुन । उनका निकटत्तम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश महतो ४३४ मत ल्याएका थिए ।