कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र ५ गते । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको सनिबार भएको चुनावमा भगवानबावु मास्के अत्याधिक बहुमत सहित बिजयी भएको छ । नेपाली काँग्रेस, माओबादी केन्द्र र नेकपा एमालेको समिकरण भएको चुनावमा नयाँ शक्तिलाई भने कुनै पनि पद जित्न सकेनन ।

२१ औं जिल्ला सभामा भएको चुनावमा मास्केलाई १ सय ४६ मत मध्ये ९६ मत प्राप्त भएको थियो भने निर्बतमान अध्यक्ष यदुबिलास भट्टराईलाई ४३ मत प्राप्त भएको थियो । खसेको कुल मत मध्ये भट्टराईलाई आएको ३ मत र मास्केलाई आएको ३ मत र अन्य १ गरी कुल ७ म तबदर भएको थियो ।

त्यस्तै गरी सदस्यहरुमा १६ जनाले प्रतिस्र्धा गरेका थिए । ५ नेपाली काँग्रेस, ५ माओवादी केन्द्र र २ नेकपा एमाले र ४ नयाँ शक्ति समर्थित सदस्यहरु मध्ये नयाँ शक्तिले पराजय भोगे पछि समिकरणमा बनेको समितीले विजय हात पारेको छ ।

विजयी उम्मेदवार मध्ये पनि नेपाली काँग्रेसका रामशरण आचार्य र एमालेका डिलमान गुरुङ्गले समान १ सय ११ मत प्राप्त गरेको छ भने कृण्ण बहादुर आलेले १ सय ९ मत र नन्दलाल बगालेले १ सय ५ मत प्राप्त गरी बिजयी भएका छन ।

त्यस्तै गरी नेपाली काँग्रेसकै समर्थनमा उम्मेदवारी दिएका रहमतुल्ला मियाँ र भिमसेन काजी बाँनियाँको पनि समान मत १ सय बरावर मत प्राप्त गरी बिजयी भएका छन ।

समिकरणमै जित हात पारेको माओबादी केन्द्र समर्थित विण्णु प्रसाद आचार्य ९५, मोहन ढकाल ९४, पृथ बहादुर थापा मगर ९२, नारायण श्रेष्ठ ९० र राजेन्द्र न्यौपानेले ८४ मत प्राप्त गरी बिजयी भएका हुन ।

उता नेकपा एमालेले समर्थन गरेका शंकर कुवरले पनि ८८ मत ल्याएर बिजयी भएको छ ।
हार ब्यहोरेका नयाँ शक्ति समर्थित रामकुमार श्रेष्ठले ६४ मत प्राप्त गरेका थिए भने ज्ञान प्रसाद ढकाल ५५, टोप बहादुर बाँनियाले ५३ मत प्राप्त गरेका थिए । हार ब्यहोरेका नयाँ शक्तिका बलराम ढकालले भने केबल ३१ मत प्राप्त गरेका थिए ।

सदस्यहरुमा भएको चुनावमा पनि ४ मत पत्र बदर भएको थियो । निर्वाचनमा २ मत देखी ४ मत सम्म हालेको मत पत्रमा देखीएको थियो ।
कसको कति मत
सभापति भगवान बावु मास्के ९६ बिजयी
सभापति यदुबिलास भट्टराई ४३
सदस्यहरुमा
१) रामशरण आचार्य १११ बिजयी
२) डिलमान गुरुङ्ग १११ बिजयी
३) कृण्ण बहादुर आले १०९ बिजयी
४) नन्दलाल बगाले १०५ बिजयी
५) रहमतुल्ला मियाँ १०० बिजयी
६) भिमसेन काजी बाँनिया १०० बिजयी
७) बिण्णु प्रसाद आचार्य ९५ बिजयी
८) मोहन ढकाल ९४ बिजयी
९) पृथ बहादुर थापा मगर ९२ बिजयी
१०) नारायण श्रेष्ठ ९० बिजयी
११) राजेन्द्र न्यौपाने ८४ बिजयी
१२) शंकर बहादुर कुवर ८८ बिजयी
१३) राम कुमार श्रेष्ठ ६४
१४) ज्ञान प्रसाद ढकाल ५५
१५) टोप बहादुर बाँनिया ५३
१६) बलराम ढकाल ३१