असोज २५ । विश्वकप फुटबलका लागि छनौट खेलमा कोस्टारिकालाई २–१ ले हराउँदै पानामाले रुस यात्रा पक्का गरेको छ । यसअघि नै छनौट भएको कोस्टारिकालाई हराउने क्रममा पानामाका लागि दुवै गोल रोमन टोरेसले गरे । उनले ५२ र ८८ औं मिनेटमा गोल गरेका हुन् । कोस्टारिकाका लागि ३६ औं मिनेटमा भेनेगासले गोल गरेका थिए । पानामा विश्वकपमा पहिलोपटक छनौट भएको हो । यस्तै मेक्सिकोलाई ३–२ ले हराएको होण्डुरसले प्ले–अफमा स्थान बनाएको छ । मेक्सिको यसअघि नै छनौट भइसकेको छ । होण्डुरसले अब विश्वकपमा स्थान बनाउका लागि अस्ट्रेलियासँग दुई लेगको प्ले–अफ खेल्नेछ । तर ट्रिनिडाड एण्ड टोबागोसँग २–१ ले पराजित भएको अमेरिकाले भने विश्वकपमा स्थान बनाउन सकेन ।