काठमाडौं, ७ कात्तिक । एभरेष्ट प्रिमियर लिग इपिएलको दोस्रो संस्करण पुस ४ गतेदेखि कीर्तिपुरमा हुने भएको छ । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा १२ दिनसम्म सञ्चालन हुने आयोजक इपिएल प्रालीले जानकारी दिएको छ ।
प्रतियोगितामा ६ टिमले खेल्ने यसअघि नै तय भइसकेको छ । इपिएल प्रालि र नेपालका लागि टिभिएस मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्सबिच एक बर्षको प्रायोजन सम्झौता भएको छ । इपिएलको विजेताले अहिलेसम्मकै धेरै अर्थात २१ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।