२०८१ वैशाख १९ गते | 1st of May 2024

आर्थिक समृद्धिका लागि लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्छ

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ७ गते १५:०३

हेटौँडा, ७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बाम गठबन्धनलाई आफ्नो पार्टीले सकारात्मकरुपमा लिएको बताएका छन ।

उहाँको सम्मानमा राप्रपा मकवानपुरले आज हेटौंडामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले भन्नुभयो — “लोकतान्त्रिक शक्तिबीच गठबन्धन गरेर नेपालको लोकतान्त्रिक व्यवस्थालाई सबल र मजबुत बनाउनु आजको अपरिहार्य आवश्यकता हो ।”

उपप्रधान एंव उर्जामन्त्रीसमेत रहनुभएका अध्यक्ष थापाले विगतमा राजनीतिक स्थिरता र समृद्धि ल्याउन नसक्दा संविधान कमजोर भएको उल्लेख गर्दै देशमा आर्थिक समृद्धि ल्याउनका लागि आसन्न संघ र प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्ने बताए ।

लोकतान्त्रिक शक्तिको आगामी कार्य दिशा मुलुकमा आर्थिक क्रान्ति ल्याउनेतर्फ उन्मुख हुनुपर्दछ, उनले भने — “आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा राप्रपा र नेपाली कांग्रेसबीच चुनावी तालमेल हुन्छ ।”

यसैबीच उपप्रधान एंव उर्जामन्त्री थापाले निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत केन्द्रको आज स्थलगत निरीक्षण गरे ।

सो अवसरमा उनले सन् २०१८ मार्च महिनासम्ममा विद्युत उत्पादन गर्ने लक्ष्यका साथ कार्य गर्न ठेकेदार कम्पनी, प्राविधिक र सम्बन्धीत निकायलाई निर्देशन पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *