२०८१ वैशाख १८ गते | 30th of April 2024

रुसको अक्टोबर क्रान्तिको सम्झनामा काठमाडौंमा विप्लवको जुलुस

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ८ गते १४:५६

काठमाडौं ८ कात्र्तिक । बुधबार काठमाडौंको टुँडिखेलमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अक्टोबर क्रान्तिको सम्झनामा जुलुस र सभा गरेको छ। सभालाई पार्टी महासचिव विप्लव लगायतका नेताले संबोधन गरेका थिए।

रुसमा सय वर्ष अगाडि कम्युनिष्ट नेता लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति भएको थियो । त्यही क्रान्तिको सम्झनामा बुधबार काठमाडौंमा जुलुस निकालिएको हो । सन् १९१७ को अक्टोबर २५ का दिन लेनिनको नेतृत्वमा रुसमा कम्युनिस्टहरुले सत्ता कब्जा गरेका थिए, त्यसैलाई अक्टोबर क्रान्ति भनेर स्मरण गर्ने गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *