काठमाडौँ, ९ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले मुलुकको राष्ट्रिय अखण्डता, प्रजातन्त्र र स्वाधीनताको विषय सबै दलको साझा मुद्दा हुनुपर्ने बताए ।
पार्टीद्वारा आज आयोजित कार्यक्रममा उनले राष्ट्रिय महत्वका विषयलाई सबै राजनीतिक दलले केन्द्रमा राखेर अगाडि बढ्न सकेमा देशको राष्ट्रिय एकता र समृद्धि सम्भव रहेको बताए । अध्यक्ष थापाले जनताको आर्थिक समुन्नतिको चाहनालाई पूरा गर्नका लागि देशमा राजनीतिक परिवर्तन भएको भए पनि आर्थिक परिवर्तन हुन नसकेकाले सामाजिक रुपान्तरण हुन नसकेकामा चिन्ता व्यक्त गरे ।
उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका नेता तथा कार्यकर्ता सो पार्टीमा प्रवेश गराइएको सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।