२०८१ जेठ ८ गते | 21st of May 2024

इलाममा १७ मतदान केन्द्र थपिएपछि मतदान केन्द्रको संख्या २ सय ६६

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १० गते ३:४७

इलाम, १० कात्तिक । मंसिर २१ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य चुनावका लागि इलाममा १७ वटा मतदान केन्द्र थपिएका छन् । १ सय ४४ मतदान स्थलमा १७ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार जिल्लामा मतदान केन्द्र २ सय ६६ पुगेको छ । यसअघि जिल्लामा १ सय ४४ मतदान स्थल र २ सय ४९ मतदान केन्द्र थिए । मतदान स्थल भने नथपिएको कार्यालयले जनाएको छ ।
जिल्लामा ४ नगरपालिका ६ गाउँपालिकासहित १० स्थानीय तह छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *