२०८२ पुष २८ गते | 12th of January 2026

‘तोकिएकै मितिमा निर्वाचन हुन्छ, कुनै शंका छैन’ प्रमुख आयुक्त

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १० गते १६:०४

काठमाडौँ १० कात्तिक । चुनावबारे विभिन्न टीकाटिप्पणी आइरहेका बेला प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले चुनाव निर्धारित समयमै हुने र सरकारले यसमा प्रतिवद्धता जनाइसकेको बताए। उनले अदालतमा यस विषयमा मुद्धा पनि चलिरहेको हुँदा अदालतको आदेश आएपछि अदालतको सम्मान गर्दै सोहीअनुसार अघि बढ्ने पनि उल्लेख गरे।
प्रमुख निर्वाचन आयुक्त डा. यादव नेतृत्वको टोलीले मतपत्र छपाइको निरीक्षण गरेको छ। मंसिर १० मा हिमाली र उच्च पहाडी ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भक्तपुरको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ शुक्रबारदेखि सुरु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *