२०८१ वैशाख २३ गते | 5th of May 2024

कांग्रेसप्रति उत्साहित देखिए ओखलढुंगे जनता

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १४ गते १६:१५

नेपाली कांग्रेस ओखलढुंगाले चुनावी अभियान तिब्र रुपमा सञ्चालन गरेको । अभियानको दोश्रो दिन आज प्रदेश क अन्तर्गत खिजिचण्डेश्वरीमा स्थानीय जनतासंग उम्मेदवारले भेटघाट गरेका छन । प्रदेश क का उम्मेदवार मित्रसेन दाहाल र केन्द्रका उम्मेदवार रामहरी खतिवडाले स्थानीयसंग भेटघाट गरेका हुन । भेटघाटका क्रममा स्थनीय विकास निर्माण र त्यसको समाधानको बिषयमा छलफल भएको उम्मेदवार मित्रसेन दाहालले बताए ।
स्थानीय स्तरमा देखिएका विभिन्न विकासका कामहरुलाई तीब्र बनाउने उद्देश्यका साथ दाहाल चुनावी मैदानमा उत्रिएका छन । कात्र्तिक १२ गतेबाट सुरु भएको चुनावी अभियानको दोश्रो दिन आज खिचिचण्डेश्वरीमा भेटघाट र छलफल गरिएको हो । स्थानीयहरुको काग्रेसप्रति निकै उत्साहित देखिएको दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *