२०८२ कार्तिक २३ गते | 8th of November 2025

सोलुखुम्बुको प्रदेशसभा चुनावमा मामा भान्जाको रोचक भिडन्त

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १५ गते ६:४०

सोलुखुम्बु, १५ कात्तिक । सोलुखुम्बुको प्रदेश सभा (क) निर्वाचनमा मामा र भान्जाको रोचक भिडन्त हुनेभएको छ । प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा (क) मा मामा—भान्जा प्रमुख दुई शक्तिबाट चुनावी मैदानमा उत्रेका छन् ।

नेकपा ९एमाले०का नेता उत्तम बस्नेत वाम गठबन्धनका तर्फबाट प्रदेश सभा (क) का साझा उम्मेदवार रहेका छन भने उनी नाताले मामा हुन भने नेपाली काँग्रेसबाट सोही पदमा प्रकाशसिंह कार्की (भान्जा) उम्मेदवार बनेका छन ।

वाम शक्ति र काँग्रेसबीच कडा प्रतिष्पर्धा हुने यस क्षेत्रमा मामा भान्जाको उम्मेदवारीले चर्चा पाउनथालेको छ ।

“रगतको नाता भएपनि राजनीतिमा फरकफरक धु्रवमा अगाडि बढेपछि मैदानमा जे नतिजा आउँछ हामी सहर्ष स्वीकार गर्न तयार छौँ” नेपाली काग्रेसका उम्मेदवार भान्जा प्रकाशसिंह कार्कीले भने । उनले भने , “मैदानमा उत्रिएका छौँ, जे हुन्छ, नतिजा आएपछि थाहा हुन्छ, आएको परिणामलाई स्वीकार गर्नुपर्छ ।”

यस्तै वाम गठबन्धनका तर्फका उम्मेदवार मामा उत्तमकुमार बस्नेतले भने, “मामा भान्जाको नाता घरभित्रको नाता हो, तर समाजसेवामा त्यो नातावाद लागू हँुदैन, हामी चुनावी मैदानमा छौँ, यसको निर्णायक जनता हुन् ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *