२०८१ साउन १२ गते | 27th of July 2024

रामचन्द्र र गोविन्दराज मध्य को चुनाव लडन नपाउने ? आयोगले आज टुंगो लगाउदै

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १८ गते १०:१२

काठमाडौं, १८ कात्तिक । निर्वाचन आयोगमा सात जना विरुद्ध परेको दावी विरोधका सम्बन्धमा आज छानविन हुदैछ । बिहीबार उम्मेदवारी दर्ता गराएकामध्ये सातजना विरुद्ध शुक्रबार परेको दाबी विरोधमा शनिबार छानविन गरी टुंग्याउने र आइतबार अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिन्ह दिइने आयोगको तयारी रहेको छ ।
को विरुद्ध कस्को दावी विरोध छ
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो क्षेत्रमा उम्मेदवारी दर्ता गरेका कांग्रेसकै नेता गोविन्दराज जोशीको मनोनयन रद्ध गर्न माग गर्दै उजुरी दर्ता गराएका छन ।
जोशी विशेष अदालतबाट २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला कायमै रहेकाले जोशीले चुनाव लड्न नपाउने दाबी पौडेलले गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *