२०८१ साउन १२ गते | 27th of July 2024

चितवनमा राप्रपा जिल्ला अध्यक्ष सहित ३१ जना माओवादीमा प्रवेश

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १८ गते १०:४८

चितवन, १८ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका चितवन जिल्ला अध्यक्ष बद्री तिमल्सिना माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
शनिबार माडीमा भएको चुनावीसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिमल्सिनालाई पार्टी प्रवेश गराएका हुन । तिमिल्सना चितवनको क्षेत्र नम्बर ३ बाट राप्रपा प्रजातान्त्रिककातर्फबाट उम्मेदवार बनेका विक्रम पाण्डेका विश्वासपात्र हुन ।
पाण्डे कांग्रेससँगको तालमेलमा चितवन ३ मा नै प्रचण्डविरुद्ध उम्मेदवार बनेका हुन । तिमिल्सिनाले पार्टी छाडेपछि चितवन ३ नम्बर क्षेत्रका राप्रपा प्रजातान्त्रिकका उम्मेदवार पाण्डेलाई धक्का लागेको छ । पाण्डेसँगै राप्रपा प्रजातान्त्रिकका ३१ जना नेता कार्यकर्ता माओेवादी केन्द्रमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *