२०८१ साउन ११ गते | 26th of July 2024

निर्वाचनलाई सफल बनाउन काँग्रेसको आन्तरिक छलफल शुरु

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १९ गते १६:४३

काठमाडौँ, १९ कात्तिक । नेपाली काँग्रेसले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई सफल बनाउन पार्टीको आन्तरिक छलफल र तयारी शुरु गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले आफ्नातर्फका उम्मेदवारलाई विजयी गराउन बृहत् छलफल शुरु गरेको हो । समितिको संयोजकमा नेता बालकृष्ण खाँण छन ।

समितिले आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा काँग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ९सिडेन० लगायतका संस्थासँग छलफल गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यसैगरी, आजै केन्द्रीय निर्वाचन परिचालन समितिले गत स्थानीय तह निर्वाचन, २०७४ का सन्दर्भमा गठन भएको केन्द्रीय निर्वाचन प्रचारप्रसार उपसमितिका सदस्यहरुसँग स्थानीय तहको निर्वाचनमा तत्कालीन प्रचार समितिले गरेका काम र भावी रणनीतिका सम्बन्धमा राय सुझाव लिएको थियो ।

समितिले सबै जिल्लामा जिल्ला निर्वाचन परिचालन समिति र जिल्ला कार्यसमितिले तोकेको व्यक्ति संयोजक र नेपाल प्रेस युनियन जिल्लाका अध्यक्ष सहसंयोजक रहने गरी जिल्ला निर्वाचन प्रचारप्रसार समिति गठन गर्न परिपत्र गरिसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *