२०८१ साउन ११ गते | 26th of July 2024

एमालेका तीन जनामाथि कार्वाही

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २० गते १४:११

राजविराज, २० कात्तिक । पार्टी एवं वाम गठबन्धनका निर्णय विपरीत उम्मेदवारी दिएको र उम्मेदवारी दिनेको प्रस्तावक एंव समर्थकमा बसेका तीन जनालाई नेकपा (एमाले) सप्तरीले आज कार्वाही गरेको छ ।

कार्वाही हुनेमा सप्तरीे क्षेत्र नं १ प्रदेश सभा सदस्य ९क० को निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराउने कञ्चनरुप नगरपालिका–७ धर्मपुरका प्रकाश खतिवडा तथा बागी उम्मेदवारको प्रस्तावक एंव समर्थकमा बस्ने कञ्चनरुप नगरपालिका–१२ का अनिल पोखरेल र कञ्चनरुप नगरपालिका–६ का मोहम्द मुस्तफा मियाँलाई पार्टीको सदस्यता समाप्त हुने गरी कार्वाही गरिएको नेकपा (एमाले) सप्तरीले जनाएको छ ।

पार्टीको हित र प्रतिष्ठामा आँच पु¥याउने तथा पार्टीका विरुद्ध शत्रुतापूर्ण गतिविधि गरेकाले जिल्ला समिति सचिवालयको बैठकबाट पार्टी विद्यानको धारा ५ को (घ) तथा धारा ४९ बमोजिम पार्टीको सदस्यता समाप्त हुने गरी कार्वाही गरिएको जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उहाँहरु अब उप्रान्त पार्टीको कुनै पनि पद र साधारण सदस्यमा समेत नरहेको सो पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *