२०८१ जेठ ४ गते | 17th of May 2024

‘काँग्रेसले जितेमात्र लोकतन्त्र बलियो हुन्छ’- मन्त्री बस्नेत

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २३ गते १३:५७

काठमाडौँ, २३ कात्तिक । सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले निर्वाचनमा नेपाली काँग्रेसले जितेमात्र लोकतन्त्र बलियो हुने बताए ।

गोकर्णेश्वर नगरपालिका–५ मा आज प्रचारप्रसारका क्रममा उनले भने – “संविधान कार्यान्वयन र लोकतान्त्रिक स्थायित्वका लागि काँग्रेसको जित आवश्यक छ ।”

प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ क्षेत्र नं ३ का उम्मेद्वारसमेत रहनुभएकी मन्त्री बस्नेतले “काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयन र मुलुकको आर्थिक विकासका लागि आगामी निर्वाचनमा काँग्रेसको जित आवश्यक छ,” भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *