२०८१ वैशाख २१ गते | 3rd of May 2024

कांग्रेस र वामगठबन्धनका युवावीच झडप, १२ जना घाइते

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १३ गते ३:५५

नवलपरासी, १३ मंसिर । नवलपरासीमा कांग्रेस र बाम गठबन्धनका कार्यकर्तावीच झडप भएको छ । नवलपरासीको बर्दघाट सुस्ता पूर्व मध्यविन्दु नगरपालिका–६ बरूवामा मंगलबार राति झडप भएको हो । झडपमा दुवै तर्फका गरी ६ जना घाइते भएका छन् ।
घाइते हुनेमा नेपाली कांग्रेस मध्यबिन्दु नगर सभापति दोमनबहादुर भण्डारी, नुमाकान्त भण्डारी, अरूण भण्डारी र नेकपा एमाले मध्यबिन्दु नगर कमिटी उपाध्यक्ष दुर्गा भुर्तेल, घनश्याम पौडेल, विजय भुर्तेल लगायतका युवा रहेकोे जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
घाइतेमध्ये एमाले मध्यविन्दु नगर कमिटी उपाध्यक्ष दुर्गा भुर्तेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *