२०८१ वैशाख २० गते | 2nd of May 2024

घाइते भएकी मिराका बुबालाई भेटन उदयपुरको नेपालटारमा पुगे रामहरी

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १८ गते १६:३७

काठमाडौं १८ मंसिर । नेपाली कांग्रेसका नेता रामहरी खतिवडा उदयपुरको नेपालटार पुगेका छन । नेपालटारमा पुगी मंसिर १३ गते बम विस्फोटनमा परी उम्मेदवार संगै घाइते भएकी मिरा कटवालका बुबालाई भेटघाट गरेका छन । भेटघाटमा खतिवडाले मिराका बुबालाई साहानुभुती प्रकट गरेको खतिवडाका स्वकिय सचिव हुकुम राइले खुल्लामञ्चलाई बताए ।
भेटघाटसंगै खतिवडाले सोही स्थानमा आयोजना गरिएको नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन समेत गरेका छन । सम्बोधनका क्रममा खतिवडाको प्रभावले त्यहाका स्थनीय भावुक बनेको र खतिवडाले सम्बोधन गर्दै गर्दा त्यहा सबैको आँखामा आशु झरिनै रहेको राइले बताए ।
खतिवडाको प्रभावले बाम गठबन्धन त्यागेर ५० भन्दा बढीले नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नेपाली कांग्रेसका उम्मेदवार कार्की घाइते भएपछि कार्कीको निर्वाचन क्षेत्रमा सहयोग गर्न रामहरी खतिवडा उदयपुर गएका हुन ।

यस स्थानमा मंसिर १३ गते बम विस्फोट गराइ नेपाली कांग्रेसका उदयपुर क्षेत्र न २ का उम्मेदवार नारायणबहादुर कार्की सहित ६ जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *