काठमाडौं, २० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ढुक्क भएर मतदान गर्न आह्वान गरेका छन । सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन प्रधानमन्त्रीले आममतदातालाई आह्वान गरेका हुन ।
प्रधानमन्त्री देउवाले बुधबार विज्ञप्ति निकालेर लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गरेका हुन ।
प्रधानमन्त्री देउवाले स्थानीय, प्रादेशिक र संघीय तहको चुनाव सम्पन्न भएसँगै देशमा राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने र चुनावपछि मुलुक राजनीति स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गरे ।