ललितपुर २१ मंसिर । ललितपुरको मतगणना आजै रातीदेखि मतगणना शुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीका अनुसार राती ८ बजेसम्म सबै ठाउँबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालय जावलाखेलमा ल्याइने र त्यसपछि सर्वदलीय बैठक बसी मतगणना शुरु गरिने भएको हो । तर क्षेत्र नं। १ को मतगणना भोलि बिहान मात्रै शुरु हुने उनको भनाई छ ।