इनरुवा, २५ मंसिर । प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन ।
आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका रमेश श्रेष्ठलाई छ हजार ५९७ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन । अर्थमन्त्रीसमेत रहेका कार्कीले ३२ हजार ३४७ मत पाएका छन । । श्रेष्ठले २५ हजार ७५० मत पाए ।