२०८२ फागुन २७ गते | 11th of March 2026

ओखलढुंगा कांग्रेसले गर्यो १९ जनालाई कारबाही, को को परे कारबाहीमा ? (नाम सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २५ गते १६:०४

ओखलढुंगा २५ मंसिर । नेपाली कांग्रेस ओखलढुंगाले निर्वाचनमा काग्रेस पराजय हुनुमा पार्टीभित्र अन्तर्घात भएको निष्कर्ष निकालेको छ । जिल्लामा आज बसेको बैठकले पार्टीभित्र अन्र्तघाट भएका कारण हार बेहोर्नु परेको निष्कर्ष निकाल्दै अन्तर्घात गर्नेलाई कारबाही गरेको छ । पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग नगरी बागी उम्मेदवार हाल्ने , बागी उम्मेदवारको प्रस्थावक तथा समर्थक साथै बागी उम्मेदवारको चुनावी अभियानमा सघाउने, जस्ता फेसबुकमा स्टाटस राख्ने कार्य गरी आधिकारिक उम्मेदवारलाई हराउन प्रत्यक्ष र अप्रत्य सहयोग गर्नेलाई कारबाही गरेको हो ।
पार्टीले एक विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालमा पार्टीहित विपरित प्रचारप्रसार गर्ने, पार्टीका गोप्य सुुचना प्रतिपक्षलाई चुहावट गर्ने, कांग्रेसका उम्मेदवार विरुद्ध जाजुसी गर्ने, कांग्रेसका कार्यकर्ता तथा मतदातालाई भ्रमित पारी अन्य पार्टीमा प्रवेश प्रोत्साहन गराउने व्यक्तिाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कारबाहीमा पर्नेहरुमा ज्ञानेन्द्र रुम्दाली, रामजी बास्तोला, ठाकुरप्रसाद गौतम, कमल तामाङ, दूर्योधन गिरी, जितेन्द्र बहादुर कार्की, परशुराम अधिकारी। सिता राम श्रेष्ठ, लेखबहादुर राई, भीमबहादुर मगर, राजकुमार रुम्दाली, कल्याण राई, चक्रबहादुर राई, सागर लुइटेल, तेजबहादुर खड्का, पेशल कुमार अधिकारी, लिला श्रेष्ठले स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको भन्दै कारबाही गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यसैगरी पार्टीलाई अन्तघात गरेको भन्दै टेकराज भट्टराई, लिला बल्दभ दाहाल र कुमार लुइटेललाई समेत कारबाही गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *