२०८१ वैशाख २६ गते | 8th of May 2024

ओखलढुङगाका काँग्रेसका नेता दाहाल र लुइटेलप्रति राजनीतिक तेजोवद गर्ने प्रयास

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २६ गते १६:१९

काठमाडौं २६ मंसिर । नेपाली कांग्रेस ओखलढुंगाले निर्वाचनमा पार्टीमा अन्तर्घात गरेको भन्दै महाधिवेश प्रतिनिधि लिला बल्दव दाहाल र महासमिति सदस्य कुमार लुइटेललाई कारबाही गरेपछि आफुहरुलाई राजनीतिक तेजोवद गर्न खोजेको आरोप लगाएका छन । नेता दाहाल र लुइटेलले आज एक विज्ञप्ती जारी गर्दै जिल्लामा आफनो राजनीति समाप्त पार्ने उद्देश्यले विभिन्न आरोप लगाइ जिल्ला कार्य समितिले आफुहरुपप्रति गरिएको कारबाहीको निर्णय तत्काल सच्याउन  समेत विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा भनिएको छ ‘बाम गठबन्धनको चपेटामा मुलुक फस्न लागेको कटु यथार्थलाई हृदयगमन गरी आ आफनो पदीय दायित्व समेत निर्वाह गर्दै अहोरात्र पार्टीका पक्षमा लागि रहदा…..पार्टीलाई निर्वाचनमा घाटा पुगेको उम्मेदवारको ठम्म्याइ हो भने यो नितान्त गलत विश्लेषण र पूर्वाग्राही बाहेक केही हुन सक्दैन । पूर्वाग्रही तरिकाले हाम्रो तेजोवद गर्न खोजिएको हो भने यसले ओखलढुंगाको कांग्रेसलाई अन्ततः दलदलमा फसाउने बाहेक केही गर्दैन । यही पराजीत मानसिकता उब्ज्याएको आक्रोश हो भने नेतालाई आफनै कार्यकर्ताको तेजोबद गर्दै आक्रोश पोख्ने अधिकार पटक्कै हुदै हुदैन नेतृत्वकोे त्यस्तो चरित्र पनि हुनुहुदैन । तसर्थ हाम्रो निषयमा विज्ञप्ती मार्पmत गरिएको गलत भ्रामक र पूर्वाग्रही पूर्ण सिफारिस तुरुन्त सच्याउन सम्पूर्ण उम्मेदवारलाई अफिल गर्दछौ । ।’

दाहाल र लुइटेललाई संकाकै भरमा बिना प्रमाण विभिन्न आरोप प्रत्यारोप लगाइ अन्तर्घात गरेको ठहर गरी कारबाही गरेपछि यतिबेला ओखलढुंगा कांग्रेसको राजनीति ठकरावमा परिणत भएको छ । निर्वाचनमा उम्मेदवारलाई सहयोग नगरी बागी उम्मेदवार हाल्नु पार्टीको हित विपरित हुने हुदा त्यस्ता व्यक्तिालाई कारबाही गर्नु स्वभाविक हो तर आधिकारिक उम्मेदवारको प्रचार हिडिरहेको लुइटेल र दाहाललाई कारबाही गर्नुले कांग्रेस प्रति आम कार्यकर्ता रुष्ट भएका छन । चुनावको परिणाम हेर्ने हो भने बामगठबन्धनको प्रभावले कांग्रेसका ठुलाठुला हस्ती ढलेका छन तर ओखलढुंगामा कांग्रेसले हार्दा आफना कार्यकर्तालाई कारबाही गर्नु संगठन भत्ताउनु बाहेक अरु केही नहुने युवाहरुको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *