२०८३ वैशाख ३ गते | 16th of April 2026

साफ यु १५ महिला फुटबलमा नेपालले बंगलादेशसंग भिड्ने, यस्तो छ तयारी

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १ गते १५:२७

काठमाडौं, १ पुस । बंगलदेशमा आइतबारदेखि सुरु हुने साफ यू–१५ महिला फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक बंगलादेशविरुद्ध खेल्दैछ । प्रतियोगिताको बलियो टिम मानिने बंगलादेशसंग नेपालले विजयका साथ खेल्ने तयारी गरेको छ ।

शनिबार बंगलादेशको राजधानी ढाकामा भएको प्रिम्याच कन्फेरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक गंगा गुरुङले टोलीले राम्रो पूर्व तयारी गरेकाले नेपाल फाइनल पुग्ने बताएकी छन । खेल नेपाली समय अनुसार दिउसो २ः१५ बजे ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियमा हुनेछ ।

नेपाली टोलीमा कप्तान प्रीति राईसँगै रिया बानु, करिना धिमाल, बितिशा राजवंशी, पुष्पा गुरुङ, सरिश्मा थापा, मनमाया बिक, खुश्मा राई, सुरक्षा सिंह, सरस्वती हमाल, अस्मिता चौधरी, मुना मगर, निकिता ठोकर, सविता रानामगर, सुष्मा जीटी, अन्जली चन्द, अस्मिता रनपाल, निकिता धमाल, सुप्रिया रजक, अस्मिता गुरुङ, झरना नगरकोटी, रोशनी धिमाल, सुष्मा तामाङले पहिलो पटक अन्तराष्टिय प्रतियोगिता खेल्दैछन ।

शुक्रबार बंगलादेश आइपुगेको नेपाली टोलीले शनिबार केही समय अभ्यास पनि गरेको प्रशिक्षक गुरुङले जानकारी दिइन् । नेपालले दोस्रो खेल पुस ४ गते भारत र तेस्रो खेल ६ गते भुटानसँग खेल्नेछ । राउन्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको फाइनल खेल शीर्ष दुई टोलीबीच पुस ९ गते प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *