२०८१ वैशाख २२ गते | 4th of May 2024

अख्तियार वार्षिक प्रतिवेदन – बिगो मागदाबीमा नयाँ रेकर्ड

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ३ गते १:३७

काठमाडौँ, ३ पुस ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा दायर गर्ने क्रममा हालसम्मकै बढी बिगो मागदाबी गरेको छ ।
दुई दिनअघि राष्ट्रपतिलाई बुझाइएको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७३र७४ मा अख्तियारले हालसम्मकै बढी मागदाबी लिएको उल्लेख छ । विशेष अदालतमा दायर यी मुद्दामध्ये अधिकांशको फैसला आउन बाँकी छ ।

गत आर्थिक वर्षमा विशेष अदालतमा मुद्दा दायर गर्ने क्रममा ११ अर्ब ५२ करोड ११ लाख रुपैयाँ बिगो मागदाबी गरेको प्रतिवेदनमा उल्लेख छ ।

कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्यसचिव चूडामणि शर्माविरुद्ध राजस्व छलीको आरोपमा दायर भ्रष्टाचार मुद्दाका कारण वार्षिक बिगोको आकार झन्डै सात गुणाले बढेको हो ।

आर्थिक वर्ष २०७२र७३ मा कुल बिगो मागदाबी एक अर्ब ३३ करोड र २०७१र७२ मा एक अर्ब ३९ करोड रुपैयाँ थियो । गत वर्ष कर फस्र्योट आयोगका पदाधिकारीविरुद्ध मात्रै १० अर्ब २ करोड रुपैयाँका दरले बिगो मागदाबी गरिएको थियो । ्र कान्तिपुरमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *