काठमाडौं, ३ पुस । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाडामा बसेको आजको बैठकले दलीय सहमती खोजेर राष्ट्रियसभा गठन सम्बन्धिको अध्यादेश ल्याउनुपर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रपतिले प्रमाणीकरण गर्न बाँकी अध्यादेश पारितका लागि दलीय सहमतिमा जानुपर्ने निर्णय गरेको हो ।
राष्ट्रपतिले अध्यादेश पारित नगरेसम्म सरकार नछाड्ने अडान प्रधानमन्त्री शेरबहादुर देउवाले लिएपछि माओवादी केन्द्रले दलीय सहमतिमा जानुपर्नेमा जोड दिएको हो ।
यसअघि प्रधानमन्त्रीलाई भेटेरै सरकार हस्तान्तरण गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरे पनि देउवाले राजीनामा दिएका छैनन । राष्ट्रियसभा गठनसम्बन्धिको अध्यादेश नयाँ सरकार गठन भएपछि मात्रै पारित गर्न वाम गठन्धनले राष्ट्रपतिलाई आग्रह गरेको छ भने प्रधानमन्त्री देउवाले तत्काल पारित गर्न भनिरहेका छन ।