काठमाडौंं ८ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालभित्र प्रतिनिधिसभा समानुपातिक सांसद बन्न चलखेल सुरु भएको छ। दुबै दललाई प्रतिनिधिसभा समानुपातिकमा क्लस्टर (समावेशी सूची) मिलाउनुपर्ने बाध्यता नरहेपछि नेताहरु चलखेलमा लागेका हुन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० मा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्धारण गरिएको कुल सदस्य संख्याको १० प्रतिशतभन्दा कम सिट प्राप्त गर्ने दलले कम्तीमा एक तिहाइ महिला निर्वाचित हुने गरी यथासम्भव अन्य समावेशी आधार मिलाइ निर्वाचन हुने उम्मेदवारको सूची पठाउनुपर्ने व्यवस्था छ।
यस्तो प्रावधानले राजपा र संघीय फोरमले समावेशी आधारमात्र मिलाउनुपर्नेछ। ऐनको यस्तो प्रावधानले राजपा र फोरमलाई क्लस्टरमा रहेकाहरुलाई मात्रै समानुपातिकमा सिफारिस गरनुपर्ने बाध्यता हटेको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले प्रतिनिसभा समानुपातिकतर्फ १० प्रतिशतभन्दा कम सिट संख्या प्राप्त गर्ने दलले समानुपातिकतर्फ सबै क्लस्टर मिलाउनुपर्ने बाध्यात्मक व्यवस्था ऐनमा नगरिएको बताए। राजपा र फोरम दुवै दलले समानुपातिकमा ६र६ सदस्य सिट पाउने भएका छन्।
तीमध्ये सबै सिटमा महिला पठाउनुपर्नेछ। दोस्रो संविधानसभा चुनावमा मधेस केन्द्रित दलहरुले समानुपातिक सूचीमा सिफारिस गरेका नामध्ये केही नाम पार्टी अध्यक्षका श्रीमती र परिवारका सदस्य रहेका थिए। क्लस्टर मिलाउनुपर्ने बाध्यता नरहेपछि यसपटक पनि राजपा र संघीय फोरममा यस्तै स्थिति देखिने सम्भावना छ।आजको नागरिक दैनिकमा खबर छ