सान फ्रान्सिस्को ।
२५ जुलाई २०१६ ।

संयुक्त राज्य अमेरिकाको सान्फ्रान्सिस्को तथा पश्चिम क्षेत्रको लागि नेपाल पर्यटन बोर्डले घनप्रसाद दवाडीलाई पर्यटनदूत नियुक्त गरेको छ ।

आफूलाई २ वर्षको लागि नियुक्त गरि नेपालको पर्यटन विस्तार तथा प्रबर्धन गर्ने अवसर दिएकोमा दवाडीले पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र नेपाल सरकार प्रति आभार व्यक्त गर्नुभएको छ । साथै आफू प्रती विश्वास गरी नेपाल सरकारले दिइएको ज़िम्मेवारी पुरा गर्न सधैं भर प्रयासरत रहने प्रण गर्नुभएको छ ।tourism

यसैबीच वाणिज्यदूत ऋषी ढकालले पर्यटन बोर्डमा नियुक्त दवाडीलाई बधाई दिनुभएको छ ।

नवनियुक्त दुत दवाडीको फेसबूकबाट :

मलाई संयुक्त राज्य अमेरिका (USA) को सन्फ्रान्सिस्को तथा पश्चिम क्षेत्रको लागि Honorary Public Relation Representative- HPRR ( पर्यटन दुत ) मा २ वर्षको लागि नियुक्त गरि नेपालको पर्यटन विस्तार तथा प्रबर्धन गर्ने अवसर दिएकोमा पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र नेपाल सरकार प्रति हार्दिक- हार्दिक आभार व्यक्त गर्दछु साथै म प्रती विश्वास गरी नेपाल सरकारले दिइएको ज़िम्मेवारी पुरा गर्न सधैं भर प्रयासरत रहनेछु भन्ने प्रण समेत गर्दछु ।

SHARE