कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र ५ गते । अब्यवस्थित सड्क मानब रहित नेपाल निर्माण एवं मानबता प्रर्बद्वन हेतु सञ्चालित मानव सेवा आश्रमको गोरखामा ५ औं शाखा सनिबार औपचारिक रुपम उदघाटन गरी सञ्चालनमा आएको छ ।
बेवारिसे ब्यक्तिहरुको उद्धार र संरक्षणका नेपालको बिभिन्न भागमा सञ्चालित मानव सेवा आश्रमकोे गोरखामा संस्थापक डा.गोबिन्द टण्डन र सदभावना दुत मह जोडी मदन कृण्ण श्रेष्ठ र हरी बंश आचार्यले पानसमा बत्ती बालेर औपचारिक उद्घाटन गनु भएको थियो ।
गोरखा सदरमुकामको पाटेचौरमा सञ्चालित आश्रमले एक महिना अघिदेखिनै सेवा शुरु गरी सकेको थियो । कार्यक्रममा बोल्दै सदभावना दुत मदनकृष्ण श्रेष्ठले सडकमा बेवारिसे बनेकाहरुलाई अझै पनि मानवीय सहयोग गर्ने परिपाटी नरहेको बताउनुभयो । मानसिक समस्या भएका मध्ये धेरैजसोले समयमै उपचार र मानवीय ब्यवहार पाए उनीहरुको रोग निको हुने आफूले थाहा पाएको श्रेष्ठले बताउनु भयो ।
सदभावना दुत हरिवंश आचार्यले सडकमा बेवारिसे बनेकाहरुलाई आश्रय दिने मानवसेवा आश्रमको कार्यको प्रशंसा गर्नुभयो । विभिन्न कारणले असहाय बनेकाहरुलाई संरक्षण गर्ने पहिलो दायित्व सरकारको हुने भएपनि नेपालमा त्यो अभ्यास हुन नसकेकोमा उहाँको चित्त दुखाई रहेको थियो ।
मानवसेवा आश्रमका प्रमुख संरक्षक डाक्टर गोविन्द टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा, राजनीतिक दलहरुका तर्फबाट नेकपा एमालेकी सम्झना देवकोटा, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशीले शुभ कामना मन्तब्य राख्नु भएको थियो ।
आश्रममा हाल ९ जनाले यस्तो सेवा लिइरहेका आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । गोरखा सहित चितवन, काठमाण्डौं, ललितपुर, लमजुङ र विरगञ्जमा पनि शाखा कार्यालय सञ्चालनमा आई सकेको छ । आश्रमले अहिलेसम्म करीव ५ शयको उद्धार गरि सेवा दिइसकेको अधिकारीकोे भनाई छ । आश्रममा उपचार गरेपछि निको भएकाहरुलाई सकेसम्म परिवारजनसँग भेट गराई पुनस्र्थापित गराउने पनि उदेश्य रहने उहाँले बताउनुभयो ।
आश्रम सञ्चालनको लागि सहयोग गनुहुने गोरखा सेवा समाज नेपालका सह कोषाध्यक्ष राकेश श्रेष्ठ
गोरखा सेवा समाज अष्ट्रेलियाका शिब वञ्जारा
गोरखा सेवा समाज कतारका रबि रोषी
तथा गोरखाका शित्तल काजी मास्के, ईश्वर काजी मास्के
भजराम मास्के र जय राम श्रेष्ठ समेतलाई आश्रम सञ्चालनको लागि सहयोग गरेको भन्दै सम्मान गरीएको थियो ।
कार्यक्रममा साना साना नानीहरुले नृत्य द्वारा सबैलाई मोहित बनाएका थिए । आश्रीमले बिभिन्न कारणले बिक्षिप्त भई मानसिक सन्तुलन गुमाएका र साहराबिहिन हरुको लालनपालन गर्न र सहयोगका लागि मानव सेवा आश्रम सञ्चालनमा ल्याएको हो । हेटौँडा, चितवन, काठमाण्डौँ पछि ५औं शाखा गोरखामा स्थापना गरीएको हो ।
गोरखामा सञ्चालित आश्रममा अहिले मानसिक सन्तुलन गुमाएका, सडकमा गुजारा गर्न बाध्य ९ जनालाई उद्धार गरेर राखिएको छ । आश्रमको सद्भावना दुत समेत रहेका मह जोडीले आश्रमको उद्घाटन गर्दै मानविय सेवामा लाग्न सबैलाई प्रेरित गरे । हाँस्यकलाकार हरिबशं आचार्यले राज्यले गुर्नपर्ने काम संघ संस्थाले गरेकाले सबैको सहयोग आवस्यक रहेको भन्दै आफु पनि सहयोगमा लाग्ने प्रतिवद्धता जनाए । उनले भने ‘सरकार कहाँ छ थाहा छैन, सरकारले गुर्नपर्ने काम अब हामी सबै मिलेर गर्नुपर्छ, संभावना पनि छ ।’ आश्रम संचालनका लागि गोरखामा रहेका बिभिन्न संघ संस्था र ब्यक्तीहरुले सहयोग गरेका छन् ।