२०८२ पुष २७ गते | 11th of January 2026

एनआरएन अमेरिकाको निर्वाचन : अध्यक्ष डा. पौडेलले फेरी उम्मेद्वारी दिनुहुने

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन १७ गते २१:४६

के सी शेर अष्टिन –

गैर आवासिय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनकालागि अध्यक्ष पदमा सबैभन्दा बलियो उम्मेद्वार बर्तमान अध्यक्ष डा. केशव पौडेल देखिएका छन् । अध्यक्षकालागि  बर्तमान उपाध्यक्ष रबिना थापा, गौरी जोशी लगायत मनमोहन सिंह घिमिरे, टेम्बा शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेपनि बर्तमान अध्यक्ष डा. पौडेल नै आगामी कार्यकालको अध्यक्षको सबैभन्दा बलियो उम्मेद्वार रहेको श्रोतले बताएको छ यद्यपी पौडेलले औपचारीक रुपमा उम्मेद्वारी घोषणा गर्न बांकी छ । स्रोतका अनुसार डा. पौडेलले आकांक्षी सबैलाई मिलाएर लैजान अध्यक्षका उम्मेद्वार जोशीलाई वरिष्ठ उपाध्यक्षका लागी प्रस्ताव गरेपनि जोशीले अध्यक्षमा नै दावी नछोडेपछि पौडेल आफ्नो समुहबाट उठ्न सक्ने संभाबित उम्मेद्वारहरु संगको आन्तरिक छलफललाई तिब्र बनाएका छन् ।

बिभिन्न च्याप्टरका अध्यक्षहरु टेम्बा शेर्पालाई अध्यक्षका लागी अघि बढाउने सहमतीमा पुगेपनि च्याप्टरकै अन्य पदाधीकारी सो निर्णयबाट असन्तुष्ट रहेकोले पनि अध्यक्ष पौडेल नै आगामी कार्यकालका लागी बलियो देखिएका हुन् । बिभिन्न माध्यमबाट अध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरि सकेकाहरुलाई आफ्नो समुहमा मिलाएर लैजाने पहल भइरहेको छ डा. पौडेल निकट स्रोतले भन्यो – “सकभर सबैलाई मिलाएर जाने पर्यत्न भइरहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *